सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

कंञ्चनपुर २८ कार्तिक २०८१, बुधबार : सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले   घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले  बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।

यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*