calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राष्ट्रिय समाचार

राष्ट्रकै सातौं धाम मालिकार्जुन मन्दिरमा आज राती जात्रा लाग्दै

person जनताको आवाज • calendar_today २०८१ कार्तिक २९, बिहीबार ०८:३२ गते

कंञ्चनपुर २९ कार्तिक २०८१, बिहीबार : नेपालको सातौं धाम मानिने मालिकार्जुन मन्दिरमा बिहीबारआज राती जात्रा लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुल्क चतुर्दशीका दिन लाग्ने जात्रा विहानबाट शुरु  भएको हो । मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकार्जुन धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारत, उत्तराखण्डबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् । पवित्र मनले मालिकार्जुनको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त  हुने जनविश्वास रही आएको छ ।