भाइटिकाकी बैनालाई निउँतो – विष्णु जोशी “अँठाेला
दार्चुला : दशै गइगै दुत्या आइगै, हजारी फुली गै !
खबर छैन मेरि बैना, काममा भुली है !!
घर छैकी घरिना छैकी, रैबार नाइ आयो !
सुकेरी छै मेरी बैना, परदेशी दाइ आयो !!
धान बाली मकै बाली, थन्केकी भकारी !
घरपरिवार लालाबाला, कसाछन सुकारी !!
हिँउन लाग्यो सुक्न पसी पानीकी पँधेरी !
अँधेरी छ कोहि पन छैन, इजाकी मँझेरी !!
लाइदे छोरा फोन भन्ना, इजा बार बार !
मुई भन्नो आइझाली बैना, जनगर हतार !!
जन सोचे को छर मेरा, पाँच भाइ होइबटी !
व्यानबासा फोनला भनी, इजाकी छटपटी !!
यै पाली जस्यालै आए, घर व्यवस्था गरी !
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी !!
जन गरे खर काट्दा हतार, गरि रहे फाम !
जति गर्यालै उत्ति हुदौ, घरधन्दाको काम !!
हजारीकि फुलभाडी, तेरा माइत्या माल !
बैनाकी बुन्याकी माला, पर्खेछ यै साल !!
बारिकी सुन्तला दानी, हुन लागी लाल !
ए मेरि पिठ्युकी बैना, धन्य माया जाल !!
मगजकी पुरी भान्जी, हेर्दी होलि ऐना !
दिन बार हेरी आए, माइत्या घर बैना !!
कइ ठौर जनम भयो,कइ ठौर रन भयो !
आउना दिन मेरी बैना, उदास झन भयो !!
भानिजाकी तोते बोली, रिटन्छ आँखामा !
दिन रात गिन्ती गर्दै, भानिजिको मामा !!
बारीकी सुन्तला दानी, असिनाले खायो !
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो !!
यइ महिना चौबीस पैट बाटो हेरिरौलो !
जनमाणे चिन्ता बैना, आदिबाटो आउलो !!
फेसबुकका गित मार्फत, रैबार पठाया !
मेरी बैना जल्ती आए, यतिकै अटाया !!
सम्बन्धित समाचार