नेकपा (विप्लव) छाडेर युवा नेता गणेश जोशी रास्वपामा प्रवेश
बझाङ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) मा करिब पाँच वर्षदेखि आबद्ध रहँदै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय युवा नेता गणेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
बझाङको दुर्गाथली गाउँपालिकाका जोशीले नेकपा (विप्लव) परित्याग गर्दै रास्वपामा प्रवेश गर्नुभएको हो। उहाँलाई माननीय कोमल ज्ञवाली, प्रदेश उपसभापति भोजराज जोशीसहित प्रदेश सदस्यहरूले स्वागत गर्नुभएको थियो।
युवाहरूको नयाँ सोच, परिवर्तनप्रतिको चाहना तथा वैकल्पिक राजनीतिक धारप्रतिको आकर्षणका कारण आफू रास्वपामा आबद्ध भएको जनाइएको छ।
जोशीको पार्टी प्रवेशसँगै बझाङ जिल्लामा रास्वपाको संगठन विस्तार तथा राजनीतिक गतिविधिमा थप सक्रियता बढ्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
२०८३ भाद्र २७, शनिबार १४:०७ गते