calendar_today आइतबार, २२ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

भाइटिकाकी बैनालाई निउँतो – विष्णु जोशी “अँठाेला

person जनताको आवाज • calendar_today २०८३ कार्तिक २१, शुक्रबार २२:३८ गते

दार्चुला : दशै गइगै दुत्या आइगै, हजारी फुली गै !

खबर छैन मेरि बैना, काममा भुली है !!

घर छैकी घरिना छैकी, रैबार नाइ आयो !

सुकेरी छै मेरी बैना, परदेशी दाइ आयो !!

धान बाली मकै बाली, थन्केकी भकारी !

घरपरिवार लालाबाला, कसाछन सुकारी !!

हिँउन लाग्यो सुक्न पसी पानीकी पँधेरी !

अँधेरी छ कोहि पन छैन, इजाकी मँझेरी !!

लाइदे छोरा फोन भन्ना, इजा बार बार !

मुई भन्नो आइझाली बैना, जनगर हतार !!

जन सोचे को छर मेरा, पाँच भाइ होइबटी !

व्यानबासा फोनला भनी, इजाकी छटपटी !!

यै पाली जस्यालै आए, घर व्यवस्था गरी !

बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी !!

जन गरे खर काट्दा हतार, गरि रहे फाम !

जति गर्यालै उत्ति हुदौ, घरधन्दाको काम !!

हजारीकि फुलभाडी, तेरा माइत्या माल !

बैनाकी बुन्याकी माला, पर्खेछ यै साल !!

बारिकी सुन्तला दानी, हुन लागी लाल !

ए मेरि पिठ्युकी बैना, धन्य माया जाल !!

मगजकी पुरी भान्जी, हेर्दी होलि ऐना !

दिन बार हेरी आए, माइत्या घर बैना !!

कइ ठौर जनम भयो,कइ ठौर रन भयो !

आउना दिन मेरी बैना, उदास झन भयो !!

भानिजाकी तोते बोली, रिटन्छ आँखामा !

दिन रात गिन्ती गर्दै, भानिजिको मामा !!

बारीकी सुन्तला दानी, असिनाले खायो !

भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो !!

यइ महिना चौबीस  पैट बाटो हेरिरौलो !

जनमाणे चिन्ता बैना, आदिबाटो आउलो !!

फेसबुकका गित मार्फत, रैबार पठाया !

मेरी बैना जल्ती आए, यतिकै अटाया !!

सम्बन्धित समाचार