डिलाशैनी ५ मा एमालेकाे नयाँ नेतृत्व चयन
दार्चुला। नेकपा (एमाले) डिलासैनी गाउँपालिका वडा नम्बर–५ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भानसिंह धामीको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटी चयन गरेको छ।
अधिवेशनबाट अध्यक्षमा भानसिंह धामी, उपाध्यक्षमा गोपाल नाथ, सचिवमा दीपकराज जोशी तथा सह–सचिवमा गुन्ना भुल र मानमती दमाई चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष भानसिंह धामीको नेतृत्वमा गठन भएको २१ सदस्यीय वडा कमिटीले पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।
वडा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टीको वडा तहको संगठनलाई थप व्यवस्थित बनाउने सन्देश दिएको छ।
सम्बन्धित समाचार