अपिहिमाल ३ मा रास्वपाकाे नयाँ नेतृत्व चयन

दार्चुला शैल्यशिखर ८ : अपि हिमाल गाउँपालिका–वडा नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कार्य समिति गठन गरिएको छ। रास्वपा पालिका सचिव नरेश कार्की तथा सभापति करे बोहराेको सभापतित्वमा सम्पन्न कार्यक्रमबाट नयाँ समिति चयन गरिएको हो।
गठित समितिको सभापतिमा समुन्द्र सिंह धामी चयन भएका छन् भने उपसभापतिमा निरन ठेकेरे र सचिवमा हरेश कार्की चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा भास्कर कार्की, महेन्द्र कार्की, सुरेश बोहरा, दिलेन्द्र बोहरा, नमराज रोकाय, मोहन बोहरा, कम्लेश धामी र हरेश रोकाय रहेका छन्।
यस्तै, कार्य समितिमा नरेश ठेकरे, लोकेश कार्की र लक्ष्मण कार्की चयन भएका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*