उज्यालो पार्टीका उम्मेदवारनै रास्वपा प्रवेश

Oplus_131072

दार्चुला शैल्यशिखर ८ : अछाम निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेश रावल (प्रकाश) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका रावलले रास्वपाका उम्मेदवार भुपदेव शाहलाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै रास्वपाको एजेन्डा र नेतृत्वप्रति विश्वास व्यक्त गरे।
रावलको प्रवेशसँगै अछाम–२ मा निर्वाचन प्रतिस्पर्धाको समीकरणमा परिवर्तन आउने अनुमान गरिएको छ। स्थानीय तहमा सक्रिय रहँदै आएका रावलको समर्थनले रास्वपा उम्मेदवार शाहलाई थप बल पुग्ने आकलन गरिएको छ।
यस विषयमा उज्यालो नेपाल पार्टीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। निर्वाचन नजिकिँदै जाँदा अछाम–२ मा दलहरूबीचको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*