मालिकार्जुनमा एमालेकाे चुनावी भेटघाट ५२ जना पार्टी प्रवेश

दार्चुला शैल्यशिखर ८ : दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको मतदाता भेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिका–२ ठिङ भगवती (न्वालपानी, ठिङ, सिराड, फिरुडी) क्षेत्रमा अगुवा कार्यकर्ता तथा शुभचिन्तक सँग भेटघाट गरिएको छ।
कार्यक्रममा नेकपा एमाले को नीति तथा नेतृत्वप्रति आकर्षित भई नेपाली काँग्रेस का क्रियाशील सदस्यहरू एमालेमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा किशन सिंह धामी, मदन सिंह धामी, राम सिंह धामी, आन सिंह धामी, राम सिंह धामी, बिना धामी, बिस्ना धामी, जानकी धामी, शंकर सिंह धामी, देव सिंह धामी, बेलमति धामी, गौरी धामी, गीता धामी, तारा धामी, दिलप धामी, पदम सिंह धामी र बिमला धामी लगायत रहेका छन्।
टोलीमा सहभागी दौलतसिंह ठगुन्नाका अनुसार स्थानीयवासीहरूले उम्मेदवार ठगुन्नाले विकास निर्माणका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय नेताकार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको बताइएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*