साउदीमा रहेका दर्जनौं नेपाली युवाहरु जनमत प्रवेश

साउदी (रियाद) । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार गैर आवासीय मधेशी संघ साउदी शाखाले रियादमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा करिब तिन दर्जनभन्दा बढी नेपाली युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा साउदीको रियादस्थित विभिन्न कम्पनीमा कार्यरत नेपाली युवाहरुले जनमत पार्टीमा प्रवेश गरिएको छ। उनिहरु जनमत पार्टी प्रवेश गरेसगै गैर आवासी मधेशी संघमा आवद्ध भएको अन्तरास्ट्रिय समितीका सल्लाहकार साहुले बताए ।

नव प्रवेशीहरुलाई मधेशीहरुको पहिचान झल्काउने गम्छा र अबिरको टिका लगाएर सल्लाहकार साहुले पार्टीमा स्वागत गरेको छ।

सल्लाहकार साहुले जनमत पार्टी नेपालमा मात्रै होईन ,५४ वटा देशमा हाम्रो पार्टीको संगठन रहेको बताए।उनले भने,’वैदेशिक रोजगारको क्रममा रहेका नेपाली र मधेशीहरुको सुखदुःख साथ दिने एक मात्रै पार्टी जनमत रहेको छ।’

वैदेशिक रोजगारको क्रममा कतार ,साउदी ,मलेसिया र कुवेतसहितको देशहरुमा विभिन्न समस्यामा परेका नेपालीहरुको दिनहु उद्गार कार्य जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघ गर्दै आइरहेको सल्लाहकार दिनेश साहुले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*