calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
प्रदेश

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने

person जनताको आवाज • calendar_today २०८१ असार २१, शुक्रबार १८:४३ गते

कंञ्चनपुर असार २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।

उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।