वीरगञ्ज भन्सारले नौ महिनामा १ खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन

कंञ्चनपुर : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो।

यसैगरी, फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*