calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राष्ट्रिय समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

person जनताको आवाज • calendar_today २०८२ बैशाख ३, बुधबार १०:२७ गते

कंञ्चनपुर :  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएकाे छ । निगमले इन्धनको मूल्य घटाएको हाे । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो । नयाँ मूल्यसूची अनुसार उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय ६० रुपैयाँ र डिजेल र मट्टितेल १ सय ४६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।