कांग्रेसबाट निर्वाचित शैल्यशिखर ५ का पुर्व वडा अध्यक्ष एमाले प्रवेश

कंञ्चनपुर फागुन ०५ : दार्चुलाको शैल्यशिखर नगरपालिका ५ का पुर्व वडा अध्यक्ष मदन सिँह रावल नेपाली कांग्रेस छाडेर नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।  कांग्रेसबाट निर्वाचित पुर्व वडा अध्यक्ष मदन सिँह रावल लाई नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हरदेव जोशीले पार्टीमा प्रवेश गराएको जिल्ला कमिटी सदस्य पुस्कर डागाले जानकारी दिए। नेकपा (एमाले) को तीन महिने वडा केन्द्रीत अभियानकाे क्रममा रावलले पार्टी प्रवेश गरेका हुन् । सोमबार शैल्यशिखर नगरपालिका वडा नं. ५ बगाैरामा नेकपा एमालेको वडा केन्द्रीत अभियान भऐको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*