केपी जाेशी : दार्चुलाको नागु बस्तीका स्थानीयवासीहरूले आगामी निर्वाचनमा भाग नलिने निर्णय गरेपनि, प्रतिनिधिसभा उम्मेदवार र रास्वपा जिल्ला सभापति राजेश सामन्तसँग खुला संवाद गरेका छन्। सामन्तले स्थानीयवासीको समस्याहरू र गुनासा सुनेर सकारात्मक छलफल गरेको बताएका छन्।
सामन्तले स्थानीयवासीको निर्वाचन बहिष्कारको निर्णयलाई सम्मान गर्दै, निर्वाचन प्रक्रियामा कुनै प्रकारको अवरोध नपुर्याएकोमा धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनमा जनताको भावनालाई ध्यानमा राखेर सहकार्य र साझेदारी गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
“हामीले जनताको जनादेश र भावनालाई सर्वोपरि ठान्दै, भविष्यमा अझै राम्रो सहकार्य र साथको अपेक्षासहित अगाडि बढ्नेछौं,” सामन्तले भने।
भेटघाटमा स्थानीयवासीले आफ्नो क्षेत्रका विभिन्न समस्याहरू र विकासका आवश्यकताहरू उठाएका थिए। सामन्तले भने, “यो सकारात्मक वातावरणमा भएको छलफलले जनताको विश्वास र सहयोगलाई मजबुत बनाउनेछ।”
सामन्तले आशा व्यक्त गरे कि, आगामी दिनहरूमा स्थानीयवासीबाट अझै बढी साथ र सहयोग प्राप्त हुनेछ।
यो भेटघाट स्थानीयवासी र राजनीतिक प्रतिनिधि बीचको आपसी समझ र विश्वासको एक सकारात्मक संकेतको रूपमा हेरिएको छ।

Be the first to comment