पहिरोमा परी काका–भतिजा गम्भीर घाइते, उपचारका लागि धनगढी रेफर

दार्चुला — शैल्यशिखर नगरपालिका–७, बोहरीगाउँमा घर निर्माण गर्ने क्रममा आएको पहिरोमा परी काका–भतिजा गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय मनिराम लाबड र नितेश लाबड रहेका छन्।

दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक उपचार गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा गरिए पनि थप उपचारका लागि उनीहरूलाई धनगढी रेफर गरिएको छ।

परिवार स्रोतका अनुसार आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ। पीडित परिवारले सहयोगका लागि सर्वसाधारणसँग अपिल गरेका छन्।

घाइतेमध्ये मनिराम लाबडका जेठा भतिजा पिताम्बर लाबडको नाममा सानिमा बैंक, महेन्द्रनगर शाखामा रहेको खाता नम्बर 029011060004918 मार्फत सहयोग गर्न सकिने जनाइएको छ। साथै, थप जानकारीका लागि 9762778711 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीयवासी तथा सरोकारवालाले घाइतेहरूको उपचारका लागि आवश्यक सहयोग जुटाउन सबैसँग आग्रह गरेका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*