रास्वपा दार्चुलामा बिरूकाे इन्ट्री
शैल्यशिखर ८ केपी जाेशी : दुहुँ गाउँपालिका चर्चित युवा ईन्जिनियर बिरू बडाल सहित ३२ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ! रास्वपा दुहुँले आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा जिल्ला सभापति राजेश सामन्त दुहँ गाउँपालिकाका सभापति जय बाेहरा सहित स्थानीय कार्यक्रताकाे उल्लेखनीय सहभागिता थियाे ! नव प्रवेश बडाललाई पार्टीको ब्याच लगाउदै पार्टी सभापति सामन्तले प्रवेश गराएका हुन् । बडालकाे यश अघि समेत दुहुँकाे स्वतन्त्र उम्मेदवार बन्ने चर्चा थियाे ! याे सँगै दुहुँ राजनीति के हाेला भन्ने अहिले चाैतर्फी चर्चा चलेकाे छ ।
सम्बन्धित समाचार