calendar_today मंगलबार, २४ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

गलैनाथ मा.बि झरकाँडाको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

person जनताको आवाज • calendar_today २०८१ माघ २०, आईतवार १९:४० गते

कंञ्चनपुर माघ २० : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ८ मा अवस्थित गलैनाथ मा.बि ६५ ओेैँ बार्षिकाेत्सव तथा अभिभावक दिवश सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनराम जोशीको अध्यक्षता एंव शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, शिक्षा शाखा प्रमुख बल्देब भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, वुद्दिजीवी लगायत शिक्षाप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक जयधन जोशीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको कुल आय १ करोड, ३१ लख ४७ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै विद्यालयले यो वर्ष १ करोड १६ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । हाल विद्यालयको चल्ती खातामा ६ लाख ४० हजार, मुद्धती खातामा २४ लाख ४ हजार र मातृभुमी अक्षयकोष खातामा १६ लाख रुपैयाँ बचत रहेको प्रध्यानाध्यापक जोशीले बताउनुभयो ।

सम्बन्धित समाचार

रास्वपा दार्चुलामा बिरूकाे इन्ट्री

२०८३ मंसिर ७, आईतवार १९:२० गते

भाइटिकाकी बैनालाई निउँतो – विष्णु जोशी “अँठाेला

२०८३ कार्तिक २१, शुक्रबार २२:३८ गते

डिलाशैनी ५ मा एमालेकाे नयाँ नेतृत्व चयन

२०८३ कार्तिक २०, बिहीबार १८:३६ गते