कंञ्चनपुर भाद्र ०६ २०८२ : दार्चुलाको शैल्यशिखर ९ मा दुई सय जना बिधार्थीकाे नि:शुल्क स्वास्थ्य परिक्षण भएकाे छ । स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर बहुमुखी क्याम्पस को आयोजना र मालिकार्जुन अस्पताल प्रा.ली शैल्यशिखर ९ काे सहयाेगमा गाेकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर माध्यमिक विद्यालयका २०० बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरेकाे छ। स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूमा हुने विभिन्न किसिमका स्वास्थ्य समस्याहरूको परीक्षण गरिएको र औषधि वितरण गरिएको स्वबियु अध्यक्ष सुनिल डागाले बताए ।स्वास्थ शिबिर सहभागि विद्यार्थीहरूले सुनिल नेतृत्वको स्वबियु टीमलाई धन्यवाद समेत दिएका छन् ।

Be the first to comment