सुनको भाउ घट्यो चाँदीको स्थिर भने स्थिर

कंञ्चनपुर :

मंगलबार सुनको भाउ सस्तिएको छ । फागुन २ गते, सुन तोलामा २०० रुपैयाँले घटेको छ । चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साेमबार भने सुनको भाउ स्थिर रहेको थियाे । सो दिन सुन प्रतितोला एक लाख ४ हजार रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लाे काराेबार दिन पनि चाँदीकाे मूल्य पनि स्थिर रहेकाे थियाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*