शैल्यशिखर ६ मा लागुऔषध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

दार्चुला जेठ २८ : खलंगा मिडिया नेटवर्ककाे आयोजना तथा शैल्यशिखर नगरपालिकाकाे सहयाेगमा वडा नं. ६ काे मालिकार्जुन माध्यमिक विधालयमा मिलमिली मा लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतनामूलक  कार्यक्रम सम्पन्न भएको  छ । कार्यक्रममा लागुऔषध रोकथाम सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो । सोही कार्यक्रममा लागुऔषध रोकथाम सम्बन्धी सन्देशमूलक भिडियो, समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा ईलका प्रहरी कार्यालय, गाेकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिँह ऐरी जिल्लामा लागुऔषध अवस्था र तथ्याङ्क विश्लेषणका सम्बन्धमा प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिजय सिँह धामी बिशिस्ट अतिथि नगर उप- प्रमुख शान्ति खडायत लगायत शिक्षक शिक्षिका र बिधार्थीकाे उल्लेखनीय सहभागीता रहेकाे थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*