व्याँस गाउँपालिका पुग्याे एमालेकाे मुल टाेली

Oplus_131072

दार्चुला शैल्यशिखर ८ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दार्चुला जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेश सिंह नेतृत्वको टोली आज व्यास गाउँपालिका पुगेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मत माग्न टोली व्यासका विभिन्न वडाहरूमा पुगेको हो। उम्मेदवार सिंहसहितको टोलीले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेको जनाएको छ।
टोलीले जनतासामु आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्ने तथा स्थानीयका गुनासा र सुझाव सुन्ने कार्यक्रम रहेको बताएको छ। केही दिनसम्म गाउँपालिकाका विभिन्न बस्तीमा अभियान सञ्चालन गरिने जानकारी दिइएको छ।
टोलीमा सहभागी दौलत सिंह ठगुन्नाले मतदातासँग प्रत्यक्ष संवादमार्फत विकास, पूर्वाधार, शिक्षा र स्वास्थ्यका विषयमा छलफल गरिने बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*