शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको सचिवालय बैठक पर्सि (शनिबार) बस्ने भएको छ । सचिवालय बैठक जिल्लाको गोकुलेश्वर स्थति देबु होटलको सभाहलमा बस्ने रास्वपाका जिल्ला उप सभापति सुरेन्द्र खडायतले बताए । बैठकमा समसामयिक राजनीति, जिल्लामा संगठन बिस्तारका बारेमा आगामी निवार्चनका तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठक बिहान ११ बजे बाट सुरु हुनेछ ।

Be the first to comment