महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला 

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

कंञ्चनपुर फागुन १३ : दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । नगरपालिका-४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतवार दिउँसो २ बजेतिर पल्याल आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । १० बजे घरबाट आएकी नगर प्रहरी पल्यालको २ बजे डिउटी थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*