बेदकोट ५ मा लागुऔषध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम

कंञ्चनपुर जेठ ३२ : मालिकार्जुन डिजिटल मिडियाको आयोजना तथा बेदकोट नगरपालिका वार्ड नं. ५ सहकार्यमा सरस्वती माध्यमिक विधालयमा लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतनामूलक  कार्यक्रम सम्पन्न भएको  छ । 

कार्यक्रममा लागुऔषध रोकथाम सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो । सोही कार्यक्रममा लागुऔषध रोकथाम सम्बन्धी सन्देशमूलक भिडियो, समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कंञचनपुरका प्रहरी साहयक नरीक्षक चेत राज पन्त बाट कंञ्चनपुर जिल्लामा लागुऔषध अवस्था र तथ्याङ्क विश्लेषणका सम्बन्धमा प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चित्र देव भटले लागुऔषध यस यस वडाको प्रमुख चुनौती रहेको, यस चुनौतीलाई रोकथाम तथा न्यूनीकरण गर्नका निमित्त सम्पूर्ण निकायहरु एकजुट भएर अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*