बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

कंञ्चनपुर बैशाख १७ : प्रदेश सभाका लागि बझाङ भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए।

निर्वाचन अधिकृत अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे। साथै  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*