नेकपा (एमाले)निकट विद्यार्थी संगठन अध्यक्षमा सुजन कडरिया निर्वाचित

दार्चुला जेठ ३० : सतारूट दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए ।

एक हजार ५५१ मतदातामा रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*