दार्चुलाका गणेश जाेशी प्रधानमन्त्री बालेन खुल्ला पत्र

सम्मानिय प्रधानमन्त्री ज्यु
सादर नमस्कार।
म गणेश राज जोशी, सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, शल्यैशिखर नगरपालिका–०८, सुपले निवासी एक विद्यार्थी हुँ।
सर, यो पत्र कुनै व्यक्तिगत स्वार्थका लागि होइन, हाम्रो गाउँका सम्पूर्ण नागरिकको दुःख र पीडा तपाईं समक्ष पुर्‍याउन लेखेको हुँ।
हाम्रो गाउँमा आजसम्म पनि दुई खुट्टाले सहज रूपमा हिँड्न मिल्ने बाटोसमेत छैन। बिरामी पर्दा अस्पताल लैजान निकै कठिन हुन्छ। विद्यार्थीहरू विद्यालय जान धेरै दुःख पाउँछन्। गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाले दैनिक जीवनमा असाध्यै सास्ती भोगिरहेका छन्। विकासका धेरै काम भए पनि हाम्रो गाउँ अझै आधारभूत सडक र पैदल बाटोबाट वञ्चित छ।
सर, तपाईंले देशभरका युवालाई आशा र हिम्मत दिनुभएको छ। त्यसैले हाम्रो आवाज पनि एक पटक सुनिदिनुहोस् भन्ने अपेक्षा राखेको छु। यदि सम्भव भए सम्बन्धित निकायसँग समन्वय गरेर शल्यैशिखर–०८, सुपले मा कम्तीमा सुरक्षित पैदल बाटो वा सडक निर्माणका लागि पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
हाम्रो गाउँका युवाहरू विकास चाहन्छन्। हामी अवसर र पूर्वाधारको प्रतीक्षामा छौं। तपाईं जस्ता जनप्रतिनिधिले हाम्रो पीडा बुझिदिनुभयो भने हाम्रो गाउँको भविष्य उज्यालो बन्न सक्छ।
हाम्रो सानो अनुरोधलाई गम्भीरतापूर्वक विचार गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।
धन्यवाद।
निवेदक
गणेश राज जोशी
विद्यार्थी
शल्यैशिखर नगरपालिका–०८, सुपले
दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*