कृष्णानन्द जोशी ३० भाद्र २०८३ : कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रिय पहलमा सञ्चालन गरिएको तीज विशेष कार्यक्रमबाट संकलित रकममध्ये रु. ३१ हजार ५०५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रसुवा बाढीपीडितका लागि सहयोग गरिएको छ।
भदौ २८ र २९ गते सञ्चालन भएको उक्त तीज विशेष कार्यक्रममा कुल रु. ५८ हजार ६९२ संकलन भएको थियो। कार्यक्रम सञ्चालनका क्रममा रु. २७ हजार ३० खर्च भएको र बाँकी रकममध्ये रु. ३१ हजार ५०५ बाढीपीडितका लागि सहयोग गरिएको हो।
महिलाहरूको महान् पर्व तीजलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोड्ने उद्देश्यले राहत रकम संकलन गरिएको आर्थिक संकलन समितिका सदस्य अम्बा दत्त जोशीले बताए। विपद्मा परेका परिवारलाई आफ्नो तर्फबाट सकेको सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको उनको भनाइ छ।

Be the first to comment