दार्चुला : सुदूरपश्चिमकाे माैलिक पर्व गाेरा आज देखि विधिवत रूपमा सुरू भएकाे छ । भाद्र शुक्लपक्ष पञ्चमी देखि सुरू हुने गाैरा पर्वलाई आजकाे दिन बिरूडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाहरूले तामाकाे भाँडाेलाई गाईकाे गाेबरले लिपेर दुबाे र अक्षताले पुजेर त्यसभित्र पाँच प्रकारका पञ्च अन्न मास , कलाैँ , गहत ,गहुँ र गुरूस भिजाएर बिरूडा पञ्चमी बनाउने चलन छ । सप्तमी र अष्टमीलाई गाैराकाे विशेष दिन मानिन्छ । सप्तमीकाे दिन नजिकैको धान लगाएकाे खेतबारीमा गएर धानसगैँ उम्रीएकाे साउँ (धान जस्तै देखिने घाँस ) बाट गाैराकाे प्रतिमा बनाइ गाैराघरमा भित्र्याउने चलन छ । अष्टमीकाे दिन गाैराकाे दिनभरि पुजाआजा गर्दै गाैरा नचाइन्छ । गाैरालाई गाैराघरकाे आँगनमा ल्याएर राखिन्छ त्यहाँ अठवाली गीत , राजाका वीरगता ढुस्काे , लामाे खेलका सागुथमा नाचिन्छ आजकै दिनदेखि दार्चुला लगायत सुदूरपश्चिममा गाैरा पर्वकाे राैनक सुरू भएकाे छ ।

Be the first to comment