कोठामा बस्स्या बुहारी र पहाड बस्स्या सासु कि भलाकुसारी : अभय राज मिश्र

कंञ्चनपुर भाद्र १२ २०८२ :

कोठामा बस्स्या बुहारी र पहाड बस्स्या सासु कि भलाकुसारी
सासु – हलो को है ब्वारी है कि ? एइ फोनमा बोल्द्या ।
क्याइ हुन्छे बिरानी नानी , कन् है मुख खोल्द्या ।।
कसि छै ? नाति छ् कि निको , स्कुल गयो हो कि ।
घाम् पानी कसो छ तथ , नास्ता खायो हो कि ?
बुहारी – मुइहु ढोक दिया आमा , खाइ पि कि मस्तु छु।
थोक्काइ पाछा गर्ला फोनु , ऐल मु ब्यस्त छु।।
गर्मीले मराइ छ याँत , हडभरी दाना ।
८बज्या खुलन्छ स्कुल , छाटोइ निसिग्यो् नाना ।।
सासू – जि जागी अम्मरु होइरे , भए भाग्यमानी ।
फोन नभ्या भुट्याटु हुन्छ , इसि रैगै बानी ।।
एइ पाला उजली गौरा , भुन्थ्या बुडा रिखी ।
फौनु ला फौनु ला भुण्यो , बुडानुले तोखी ।।
दम् लागि आलागु होइग्या , लामो सास फेर्दानु ।
गौराकी आइझान्ना भुणी , बाटाइन हेर्दानु ।।
मुइपन आसरा लाग्यो , आइझाली भुण्णामा ।
गौराकी हुनेहो छुट्टी , कुराथ्यो सुण्णामा ।।
नाति समाइ खेल् खेल्द्याथ्यु , गौराका खालामा ।
दुबधागो लालिकी भुन्थ्यु, ऐलका पालामा ।।
बुहारी – बोर्डिङ स्कुलहो याँत , कमुइ हुन्छे बिदा ।
मुइत छु काममा बिजि , फौनु काट सिदा ।।
सासू – नै त ब्वारी देश चलौनी , नै बाख्रा चरौनी ।
जन्जे तन्जे ब्यस्त भुन्छे , टाइमु काँ हरौनी ।।
नातिकी फाम् गरे नानी , निकि होइ बसिरए ।
मेरा दिन मुएखाइ छनु ,जि जागी हाँसीरए ।।
(कसैको जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ )
धन्यवाद 🙏

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*