अमेरिकासँग नेपाल ३७ रनले पराजित

१८ कार्तिक २०८१, आईतवार : अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ मा नेपाललाई घरेलु टोली अमेरिकाले ३७ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमा २८१ रन बनाएको थियो। नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दिप लामिछानेले २–२ विकेट र कुशल भुर्तेलले १ विकेट लिएका थिए।

२८२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा उत्रिएको नेपाल भने ४९.५ ओभरमा २४४ रनमा अलआउट भयो। नेपाललका लागि अनिल शाहले सर्वाधिक ५२ रन बनाएका थिए भने सोमपाल कामीले ४६ रन र कुशल मल्लले ३३ रन बनाएका थिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*