लेकमका युवा व्यवसायी बिष्णु जोशीको मृत्यु

कंञ्चनपुर असार २३ : दार्चुलाको लेकम-२ कैनौडा काकँडीमा बस्ने रातामाटाका युवा व्यवसायी बिष्णुदत्त जोशीको सोमबार (आज) विहान गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा मृत्यु भएको छ । गयराती १ बजे पेटमा समस्या भएर उपचारका लागि घरबाट एम्बुलेन्समा दार्चुलाको शैल्यशिखर-९ गोकुलेश्वरस्थित मालिकार्जुन अस्पताल लगिएकोमा ४:२० बजे मृत्यु भएको अस्पतालका म्यानेजर राम बिष्टले बताउनुभयो । मृतक जोशीको आन्द्रा ब्लक भएको र स्वास्थ्य अवस्था निकै जटिल रहेको अवस्थामा अस्पताल पुर्याएको केही समयमै मृत्यु भएको बताइएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*