दार्चुला शैल्यशिखर ८ : नेकपा एमाले दार्चुलाका नेता हरदेब जोशी ले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संगठन बलियो रहेको दाबी गर्दै आगामी चुनावमा पार्टीले सहज जित हासिल गर्ने बताएका छन्।
एक कार्यक्रममा बोल्दै जोशीले एमालेको देशव्यापी संगठन संरचना, सक्रिय कार्यकर्ता पंक्ति र जनतामाझ स्थापित आधार नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गरे। उनले भने, “हाम्रो संगठन मजबुत छ, हामी ढुक्कसँग चुनाव जित्छौँ।”
जोशीले विपक्षी दलहरू विभाजित र कमजोर अवस्थामा रहेको टिप्पणी गर्दै एमालेप्रति जनविश्वास बढ्दै गएको दाबी पनि गरे। उनले कार्यकर्तालाई एकताबद्ध भई चुनावी अभियानमा जुट्न आग्रह गरे।
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन सुदृढीकरण तथा जनसम्पर्क कार्यक्रम तीव्र बनाएको जनाएको छ।

Be the first to comment