अदालतबाट फर्किंदै गर्दा भ्यानबाट हामफालेर एक अभियुक्त फरार

कंञ्चनपुर :

प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्।जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित भागेका हुन्।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट मुखिया भागेको डिएसपी बेदप्रसाद गौतमले बताए ‘प्रहरी भ्यानमा ६/७ जना प्रहरी र ४, ५ जना थुनुवा थिए,’ उनले भने, ‘एक अभियुक्त कसरी भागे भन्ने हामी अनुसन्धान गर्दैछौं गौतम प्रहरीको भ्यानबाट हामफालेर भागेको बताइएको छ उनको खोजी कार्य तीव्र बनाइएको डिएसपी गौतमले बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*