लेकममा रास्वपाको घरदैलो अभियान तीव्र

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्त नेतृत्वको टोलीले चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ।
अभियानअन्तर्गत आज लेकम गाउँपालिका–६ का मतदाता तथा शुभचिन्तकसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको रास्वपा लेकम सभापति महेश नाथले जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय बासिन्दासँग समसामयिक विषयमा छलफल गर्नुका साथै पार्टीका एजेण्डा र योजनाबारे जानकारी गराइएको थियो।
सभापति नाथका अनुसार भोलि लेकम गाउँपालिकाकै वडा नम्बर १ र २ मा भेटघाट कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको छ। उनले चुनावी अभियानलाई निरन्तरता दिँदै सबै वडामा पुग्ने तयारी भइरहेको बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*