दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पार्टीका सभापति रवि लामिछाने सर्वसम्मत रूपमा पुनः सभापतिमा निर्वाचित भएका छन्।
असार ७ गतेदेखि सञ्चालन भएको महाधिवेशनले लामिछानेलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी दिएको हो। सभापतिका लागि उनको उम्मेदवारी वरिष्ठ नेता बालेन शाहले प्रस्ताव गरेका थिए।
महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा नीतिगत विषयमा समेत छलफल गरेको जनाएको छ। नवनिर्वाचित सभापति लामिछानेले पार्टीलाई थप सशक्त, जिम्मेवार र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाले महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास र आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

Be the first to comment