सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखन गर्ने र त्यसका लागि प्रकृया तत्काल अगाडी बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले बजेट निर्माणको कामलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी बजेटलाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने निर्णय गरेको छ।

Be the first to comment