नेकपा (एमाले)निकट विद्यार्थी संगठन अध्यक्षमा सुजन कडरिया निर्वाचित
दार्चुला जेठ ३० : सतारूट दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाए ।
एक हजार ५५१ मतदातामा रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो ।
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
२०८३ भाद्र २७, शनिबार १४:०७ गते