दार्चुला — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दार्चुला जिल्लामा मतदान सम्पन्न भएको छ।
जिल्लामा रहेका कुल ९२ हजार ९४८ मतदातामध्ये ४९ हजार ९६८ मत खसेको छ। यसअनुसार जिल्लामा ५३.७६ प्रतिशत मतदान भएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
मतदानमा सहभागी हुनेमध्ये पुरुष मतदाता २३ हजार ३३७ र महिला मतदाता २६ हजार ६३१ रहेका छन्।
जिल्लाका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

Be the first to comment