calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

दार्चुलाको लेकम २ मा तीज विशेष कार्यक्रम सम्पन्न

person जनताको आवाज • calendar_today २०८१ भाद्र १९, बुधबार १७:५८ गते

कंञ्चनपुर भाद्र १९ : नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लेकम गाउँपालिकाको वडा नम्बर २ मा बुधबार विभिन्न कार्यक्रम गरि तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर २ को आयोजनामा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष शिव राज जोशीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष जोशीले महिलाहरुको महान पर्व तीजको शुभकामना दिँदै तीजलाई भडकिलो नबनाउन, धेरै गहना नलगाउन महङगा कपडा र धेरै खर्च गरि पारिवारिक अवस्थामा आर्थिक भार नपारी भव्य र सभ्य तरिकाले तीज मनाउन अनुरोध गर्नुभयो । साथै कार्यक्रममा फरक प्रसंगमा बोल्दै अध्यक्ष जोशीले छोरासँगै छोरीलाई शिक्षा दिए मात्र समाज र राष्ट्रको विकास हुदै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग हुने बताउनुभयो । यसरी हरेक क्षेत्रको विकासको तुलनामा पुरुषभन्दा महिलाको पनि भुमिका कम नभएको कुरामा जोड दिनुभयो ।
लेकम गाउँपालिकाका अध्यक्ष राम दत्त जोशी प्रमुख अतिथि रहेको कार्यक्रम मा हुनैनाथ माबीका प्रधानाध्यापक अम्वा दत्त जोशी विशिष्ट अतिथि रहेका थिए।
गाउँपालिका अध्यक्ष राम दत्त जोशीले शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले आफ्नो संस्कृतिको निरन्तरताका लागि सहयोग पुग्ने आपसी सद्‍भाव कायम राख्न सहयोग पुग्ने बताउनुभयो ।उहाँले यस्ता कार्यक्रमबाट  आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्‍याउने विश्चास गर्नुभयो ।