calendar_today बुधबार, २८ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
खेलकुद

गोकुलेश्वरमा प्रथम लिपुलेक कप–२०८३ खुला पुरुष भलिबल प्रतियोगिता सुरु

person जनताको आवाज • calendar_today २०८३ कार्तिक ११, मंगलवार १७:३२ गते

केपी जाेशी : शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा प्रथम ‘लिपुलेक कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ। कात्तिक १० गते लिपुलेक समिति र जागृति युवा समाज, सर्मोलीको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो।
जागृति युवा समाज, सर्मोलीका अध्यक्ष महावीर साउदको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय गणेश सिंह ठगुन्ना रहनुभएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य गंगादत्त जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा शैल्यशिखर, मार्मा, मालिकार्जुन र डिलाशैनीका जनप्रतिनिधि, पूर्व राखेप सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय क्षेत्रमा खेलकुदको विकास तथा भलिबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।