calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
राजनिती

गोकुलेश्वर बहुमुखी क्याम्पसमा सुनिल विजयी

person जनताको आवाज • calendar_today २०८१ चैत्र २८, बिहीबार ०७:५७ गते

कंञ्चनपुर :  दार्चुलास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियु उम्मेदवार सुनिल डागा विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा डागाले १ सय ५ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघबाट अध्यक्षका उम्मेदवारका १ सय २ मत प्राप्त गरेका छन् । गोकुलेश्वर बहुमुखी क्याम्पसमा कुल २६४ मतदात मध्ये २३० मत खसेको थियो ।