दार्चुलामा महाकाली नदीमा बगेका वृद्धको मृत्यु

कंञ्चनपुर :
दार्चुलाको महाकाली नदीमा बुधबार दिउँसो बगेका एक वृद्धको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ। महाकाली नगरपालिका–२ पण्डोराका वीरसिंह बडालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
महाकाली नगरपालिका–४ रिंग्नेताल नजिकबाजिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पुयाएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ। वृद्ध कसरी महाकालीमा बगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।ट बगेका वृद्धको करिब चार सय मिटर तल नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल पुयाएका थिए।
सम्बन्धित समाचार
बसाइँसराइले रित्तिएका बैतडीका गाउँमा दसैं र जात्राको उमङ्ग : परदेशिएकाहरू घर फर्किएपछि बस्तीहरूमा छायो नयाँ रौनक
२०८३ कार्तिक ३, सोमबार १५:५६ गते