केपी जाेशी शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा शैल्यशिखर नगर समितिद्वारा शैल्यशिखर नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेकाे छ । नागरिकका समस्या , विकाश निर्माण र गुनासा सुन्न रास्वपाले शैल्यशिखर नगरपालिकाकाे वडा नम्बर १ बाट सुरू गरेकाे रास्वपा दार्चुलाका सचिब राजेन्द्र पन्तले बताए । जनसंवाद यात्राकाे पहिलाे दिन आज शैल्यशिखर १ मा जिल्ला उप-सभापति सुरेन्द्र खडायत , जिल्ला सचिब राजेन्द्र पन्त लगायत स्थानीय रास्वपा नेता कार्यक्रताले बलाँचका नागरिकशीत भेटघाट गरेका छन् ।

Be the first to comment