दार्चुला शैल्यशिखर ८ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभा तर्फका १६ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।
बैठकले विभिन्न समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै जनजाति, खस आर्य, थारु, दलित, मधेसी तथा मुस्लिम समुदायबाट सांसद चयन गरेको हो।
जनजाति समूहबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्।
खस आर्य समूहबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), गुरु प्रसाद बराल र डा. पुष्पराज कंडेललाई समानुपातिक सांसदमा समावेश गरिएको छ।
थारु समूहबाट कृपाराम राणा चयन भएका छन् भने दलित समूहबाट विष्णुमाया बिक र नीता घतानी सांसद चयन भएका छन्।
मधेसी समूहबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल चयन हुँदा मुस्लिम समुदायबाट साजिदा सिद्दीकी समानुपातिक सांसदमा समावेश भएकी छन्।

Be the first to comment