सबै मतदान केन्द्र पुग्याे निर्वाचन सामाग्री

दार्चुला शैल्यशिखर ८ : निर्वाचन आयोग नेपाल ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सबै निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रमा पुगीसकेकाे छ ।
आयोगका अनुसार मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक छाप, अमिट मसी तथा अन्य आवश्यक कागजात समयमै ढुवानी गरी देशभरका मतदान केन्द्रमा सुरक्षित रूपमा वितरण गरिएको छ।
निर्वाचन अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मीसमेत तोकिएको स्थानमा खटिइसकेको आयोगले जानकारी दिएको छ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*