दार्चुला शैल्यशिखर ८ : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले मालिकार्जुन गाउँपालिका–८ पस्तीमा आमसभा गर्ने भएको छ।
आमसभालाई प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मानन्द जोशी तथा कांग्रेस नेता एवं पूर्व मन्त्री दिलेन्द प्रसाद बडू ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेस दार्चुला का सचिव पुलेन्द कार्की ले निर्वाचन केन्द्रित कार्यक्रमअन्तर्गत उक्त आमसभा आयोजना गरिएको जानकारी दिए। उनले कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बताए।

Be the first to comment