दुहुँमा एमालेकाे भेटघाट कार्यक्रम : ८ जना पार्टी प्रवेश

दार्चुला शैल्यशिखर ८ : नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसार अभियानअन्तर्गत दार्चुलाको दुहुँ गाउँपालिका–१ पिपलचौरीमा अगुवा कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गरेको छ।
भेटघाट कार्यक्रममा ठगुन्नाले जनताबाट प्राप्त अटुट माया, विश्वास र सम्मानप्रति कृतज्ञता व्यक्त गरे। उनले जस्तोसुकै परिस्थितिमा पनि जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता दोहोर्‍याउँदै जिल्लाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा स्थानीय बासिन्दाले ठगुन्नाको जनतामुखी व्यवहारको प्रशंसा गर्दै आगामी निर्वाचनमा विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। जनताको विश्वासले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको ठगुन्नाको भनाइ थियो।
यसैबीच ‘घर फर्क अभियान’ अन्तर्गत विभिन्न पार्टी परित्याग गरी केही कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस र अन्य दल परित्याग गरी जय सिंह महर र कलावती कुवँर पुनः सक्रिय बनेका छन् भने नरेन्द्र भट्ट, मञ्जु भट्ट, मानमती बोहरा, कलावती बम, जानकी बम र जितबहादुर बमले एमालेको नीति र नेतृत्वप्रति आकर्षित हुँदै पार्टी प्रवेश गरेका हुन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*