calendar_today आइतबार, २५ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

सिनियर इन्जिनियर नवराज भट्ट बने दार्चुला प्रतिनिधि सभाको पहिलो उम्मेदवार

person जनताको आवाज • calendar_today २०८२ मंसिर २१, आईतवार ०८:४८ गते

शैल्यशिखर ८ दार्चुला :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को जनता सङ्ग घरदैलो अन्तर्गत जनभेटघाट कार्यक्रम नेकपाका स्थायी कमिटी सदस्य एवम् सुप इन्चार्ज भरत बमको प्रमुख आतिथ्यतामा लेकम गाउँपालिमा सम्पन्न भएको छ । १४ गते देखि सुरु गरिएको कार्यक्रम निरन्तर सिङ्गो गाउँपालिका भर प्रत्यक्ष जनता सङ्ग भेटघाट गरि जनताहरुका एजेण्डा , माग , आवश्यकता गुनासा, चाहाना के कस्तो छन टिपिट गरि दार्चुला जिल्लाको ९ओटै स्थानिय तहको जनता सङ्ग भेटघाट सप्पन्न गरेर आगामी निर्वाचनको लागि घोषणा पत्र तयार गरिने छ । जेन–जी पुस्ताका स्वच्छ छवि, इमानदार व्यक्तित्व र ऊर्जाशील नेतृत्व क्षमता भएका सिनियर इन्जिनियर नवराज भट्ट संगठनमा सक्रिय भूमिका, जनस्तरमा राम्रो छवि र युवापुस्ताको प्रेणणाका स्रोत गतिशील नेतृत्व क्षमता भएकै कारण इन्जिनियर भट्टलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा विप्लवले सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। नेता तथा कार्यकर्ताहरूले नवराज भट्टलाई “नयाँ पुस्ताको सोच, सफा छवि र निस्वार्थ सेवा भाव बोकेको पात्र” भन्दै खुलेर प्रशंसा गरेका छन्। नेता भट्ट्ले निरन्तर जनभेला, प्रशिक्षण कार्यक्रम र संगठन विस्तार अभियानलाई थप तीव्र बनाउँदै जिल्लाभर राजनीतिक सक्रियता बढाउदै यो पटक नयाँ जनताको चाहाना अनुरुप दार्चुला जिल्लाको प्रतिनिधि सभाको उम्मेदवार सबै ढङ्गले आफू नै अल्बल रहेको समेत व्यक्त गरेका थिए ।